
दमौलीः रोटर्याक्ट क्लब अफ दमौलीले कन्सर्टको टिकट बिक्रीबाट उठेको रकमबाट एक विद्यालयका बालबालिकालाई सहयोग गरेको छ ।
आठौँ तनहुँ महोत्सवका अवसरमा आयोजित २ वटा कन्सर्ट कार्यक्रममा क्लबका तर्फबाट बिक्री गरिएको टिकट शुल्कबाट उठेको केही रकम विद्यालयका बालबालिकालाई पोशाक सहित शैक्षिक सामग्री सहयोग गरिएको क्लबले जनाएको छ ।
व्यास–११ स्थित चण्डिका आधारभूत विद्यालयमा अध्ययनरत् ७० जना दलित, सीमान्तकृत र विपन्न परिवारका बालबालिकालाई झोला, सर्ट पाइन्ट, जुत्ता, मोजालगायतका विद्यालय पोशाकसँगै कापि कलम लगायतका शैक्षिक सामग्री सहयोग गरिएको कार्यक्रम संयोजक एवम् क्लबका इलेक्ट प्रेसिडेन्ट विशाल श्रेष्ठले जानकारी दिए ।
टिकट बिक्रीबाट क्लबले पाएको ३५ हजार मुल्य बराबरको सामग्री विद्यार्थीलाई सहयोग गरिएको उनले जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक सुरेन्द्र अधिकारीले प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै क्लबले उत्कृष्ट सामाजिक काम गर्दै आएको बताए । विद्यालयमा पढ्ने धेरैज्सो बालबालिकाको आर्थिक स्थिति कमजोर भएकाले धेरै समस्या भोग्दै आएको चर्चा गर्दै उनले क्लबको सहयोगले बालबालिकाको पठनपाठनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा क्लबका उपाध्यक्ष पवनसिंह कार्की तथा श्रीराम गन्धर्वले सहयोग कायबर््क्रमबारे बोलेका थिए ।