तउवासंघद्वारा महोत्सवस्थलको सफाइ

  • ख-
  • ख+

दमौलीः आठौं तनहुँ महोत्सव समापनपछि आयोजकले महोत्सवस्थलको सरसफाई गरेको छ ।

महोत्सवको आयोजक तनहुँ उद्योग वाणिज्य संघ तथा दमौली बजार एकाइ समितिका पदाधिकारीहरुले महोत्सवस्थल बीपी वनवाटिका खेल मैदानमा गएर सरसफाइ गरेका हुन् ।


महोत्सवका क्रममा फालिएका फोहोरमैला यत्रतत्र भए पछि हरेक वर्षझैं समापनपश्चात सरसफाई गरिएको संघकी कार्यकारी सचिव सीता गुरुले जानकारी दिइन् ।

टोलीले कुहिने तथा नकुहिने फोहोर व्यवस्थापन गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्