स्थानीय चुनावः भानु कांग्रेसमा मेयरका दर्जन बढी, गौलीले लड्ने इच्छा देखाएनन् (सूचीसहित )

  • ख-
  • ख+

राजेश कार्की
भन्सारः
नेपाली कांग्रेसले आसन्न स्थानीय निर्वाचनका लागि आह्वान गरेको भानु नगरपालिकाको मेयर पदका लागि १५ जनाले इच्छा देखाएका छन् ।

यसरी दावेदारी दिनेमा जिल्लास्तरीय नेता लक्ष्मी आचार्य, क्षेत्रीय सभापति श्याम मौरती, नेविसंघका पूर्व केन्द्रीय सदस्य आनन्दराज त्रिपाठी छन् ।

यसैगरी, महाधिवेशन प्रतिनिधि चिनु पोखरेल, नेता टेकबहादुर गुरुन, राजन श्रेष्ठ, विश्वेश्वर खनाल,
दिपेन्द्र अधिकारी, कमल पण्डित, सहदेव अधिकारीले पनि भानुमा कांग्रेसका तर्फबाट मेयर लड्न आकांक्षा देखाएका छन् ।

यसैगरी, गोविन्दराज सिलवाल, उत्तमप्रसाद लोहोनी, हालकी उप प्रमुख आशा थापा, छत्रराज भण्डारी, अर्जुनबहादुर अधिकारीले पनि कांग्रेसबाट मेयर टिकटको अपेक्षा गरेका छन् ।

यसैगरी, भानुको उपप्रमुखका लागि आकांक्षा व्यक्त गर्नेमा आधा दर्जन छन् । रामकुमार श्रेष्ठ, उर्मिला पन्त, विष्णु भण्डारी, दुर्गा भण्डारी, सविता उप्रेती तथा संगिता जोशीले भानुमा कांग्रेसबाट उपप्रमुख टिकटको अपेक्षा गरेका छन् ।

भेलामार्फत टिकटको अपेक्षा गर्नेहरुले आफूलाई टिकट दिनुपर्ने कारणबारे बोलेका थिए ।
हालका नगर प्रमुख उदयराज गौलीले भने कुनै पनि पदमा लड्ने इच्छा व्यक्त गरेनन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्