
दमौलीः नेपाली कांग्रेसका तर्फबाट व्यास नगरपालिकाको प्रमुख र उप प्रमुखमा दर्जन बढी आकांक्षी देखिएका छन् ।
पार्टी व्यास नगर समितिले आवेदन खुलाएकामा पार्टीका जिल्लास्तरका दर्जनबढी नेताहरुले मनोनयन निवेदन दिएका हुन् ।
निवेदन दिनेमा हालका प्रमुख वैकुण्ठ न्यौपानेसँगै पार्टीका पूर्व सभापति रघुनाथ पौडेल, जिल्ला उप सभापति देवकुमार श्रेष्ठ, महाधिवेशन प्रतिनिधि शान्तिरमण वाग्ले, सचिव लक्ष्मीभक्त खनालसँगै जिल्ला समितिका नेताहरु विश्व बाँस्तोला, अशोककुमार श्रेष्ठ, समुन्द्र गोदार र डम्बर अधिकारी छन् ।
यसैगरी, ईञ्जिनियर दीपकराज जोशी, डा. शेषरमण न्यौपाने, ईञ्जिनियर हरिदत्त पौडेलसँगै व्यवसायी वृषराज श्रेष्ठले पनि मेयरमा आकांक्षा देखाएका छन् ।
यसरी मेयरका लागि निवेदन दिनेमा विद्यार्थी नेता शंकर पौडेल तथा अधिकारकर्मी विद्या खनाल पनि छन् ।
यसैगरी, नगर उप प्रमुखमा हालकी उपप्रमुख मीरा जोशीसँगै नारायणी अधिकारी, कल्पना कोइराला पोखरेल, वीणा कैनी, इन्दिरा दरै, नोमा थापा तथा सुन्नी हमाल शाहीले नगर समितिमा निवेदन दिएका छन् ।
इच्छुकको आकांक्षाका आधारमा आवश्यक छलफल गरेर क्षेत्रमा नाम सिफारिस गरिने नगर सचिव सुरेश पुरीले बताए ।

