
दमौलीः व्यास ३ दमौली स्थित जिल्ला जिल्ला समन्वय समिति को कर्मचारी आवास परिसरमा बन्ने २५ वटा व्यवसायिक सटर ट्रस्ट भवनको शिलान्यास भएको छ । बुधबार आयोजित एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति तनहुँको ट्रस भवन नाम दिएर शिलान्यास गरिएको हो ।
भवनको शिलान्यास कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले लामो समयदेखि प्रयोगमा नल्याई खालि रहेको समन्वयको जग्गामा भवन निर्माण पश्चात् चहलपहल बढ्ने र बजारको शुन्दरता थपिने दावी गरे ।
पूर्व जिविस सभापति एवं संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले बेवारिसे जस्तो अवस्थामा रहेको जग्गाको सहि सदुपयोग अहिले भएको र जिल्ला समन्वयलाई राम्रो आम्दानीको श्रोत हुने बताए ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले सिद्धिविनायक टोलका अध्यक्ष बिकास खनाल लगायत सबै तिरबाट खाली ठाउँ झाडी भएकाले यसको सदुपयोग गर्न दबाब आएको भन्दै त्यसपछि भवन बनाउन सुरु गरिएको बताए ।
भवन हाल रहेको मालपोत कार्यालय देखि प्रशासन चोक सम्म रहनेछ । भ्याट सहित कुल
१ करोड ६९ लाख ८२ हजारमा पराजुली / बेलु जेभि कम्पनीले भवन बनाउन लागेको समन्वय प्रमुख वाग्लेले बताए ।
भवन माघ महिना सम्ममा सकिसक्ने गरि ठेक्का सम्झौता भएको छ । कार्यक्रममा जिल्ला समन्वयका उपप्रमुख पवित्रा पौडेल, कार्यालय प्रमुख थमनसिं थापा, समन्वय सदस्य निलबहादुर थापा, केशबहादुर सुनार, प्रवक्ता गल गुरूङ , व्यास २ का वडा अध्यक्ष काशीराम श्रेष्ठ , व्यास ३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
ट्रस्ट भवन बन्ने भएपछि खाली स्थानमा देखिएको फोहोरको समस्या समेत हट्ने सिद्धिविनायक टोलका अध्यक्ष विकास खनालले बताए । दमौली सानो ठाउँ भएकाले व्यवसायका लागि प्रयाप्त सटर नपाइएको अवस्थामा २५ वटा नयाँ बन्ने सटरले धेरैलाई व्यवसायको अवसर मिल्ने खनालले विश्वास व्यक्त गरे ।