नयाँ वर्षमा होटल व्यवसायी संघद्वारा कबवेब कन्सर्टको तयारी

  • ख-
  • ख+

दमौलीः होटल व्यवसायी संघ तनहुँले नेपाली नयाँ वर्षका अवसरमा चैत्र ३० गते दमौली अनशन चौतारास्थित दमौली सेन्ट्रल पार्कमा लाईभ कन्सर्ट गर्ने भएको छ ।

दमौलीमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले यसबारे जानकारी दिएको हो । संघले विगतका वर्षमा झैं यसवर्ष पनि चर्चित पप सांगितिक ब्याण्डका साथमा नयाँ वर्ष मनाउने क्रममा कबवेब ब्याण्डलाई निम्तो गरेको अध्यक्ष दुर्गाविलाश भट्टराईले जानकारी दिए ।

‘नयाँ वर्ष मनाउन पोखरा जाने अवस्था रोक्न र दमौलीमै मनोरञ्जनका लागि सांगितिक कार्यक्रम थालेका हौं, यस वर्ष पनि भव्य हुनेछ,’ उनले भने ।

मध्यरातसम्म मनोरञ्जनका लागि विशेष व्यवस्था हुने संघले जनाएको छ । विगतमा कोभिड संकटका बेला रोकिएको कार्यक्रम अब निरन्तर हुने संघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्