
दमौलीः लोक गायक तथा नेकपा (माओवादी केन्द्र)को युवा नेता अरबिन्द्र भट्टराईले देशको हित चिताउने माओवादी हो नामक चुनावी गीत बजारमा ल्याएका छन् ।
‘घर घरमा ग्यास पाइप’, ‘के म ह्यानसम छैन र?’, ‘मै पनि माया लाउकी’, ‘यो कान्छीको बगैंचामा’, ‘बेलैमा गरे’लगायतका गीतहरु बजारमा ल्याइसकेका अरबिन्द्र भट्टराईले यश गीतमा शब्द र लय दिएका छन् ।
चेतन गोतामे र तुलसी घर्ती मगरको स्वर रहेको गीतलाइ ओके नेपालद्रारा बजार व्यवस्थापन गरिएको छ ।
माओवादीलाई सांगीतिक रुपमा चौतर्फी ढंगले प्रहार गरिएकाले सत्यता बाहिर ल्याउन आफुले गीत निर्माण गरेको अनेरास्ववियू ( क्रान्तिकारी )का केन्द्रीय सदस्य समेत रहेका भट्टराईले बताए ।