म्याग्दे गाउँपालिका अध्यक्षका लागि ७ र उपाध्यक्षका लागि ४ आकांक्षी

  • ख-
  • ख+

म्याग्देः वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि कांग्रेसले आकांक्षीहरूको नाम संकलन थालेको छ ।

जसअनुसार तनहुँको म्याग्देमा अध्यक्षका लागि हालकी अध्यक्ष मायादेवी राना, हालका उपाध्यक्ष बालकृष्ण घिमिरे, काङ्ग्रेस नेताहरू हुतमणि अधिकारी, जितराज राना, रामकृष्ण विक, रामभक्त घिमिरे र पवित्रा घिमिरे गरि सातजनाले आकांक्षा जाहेर गरेका छन् ।


यस्तै उपाध्यक्षमा कुमारी राना, सुभद्रा घिमिरे, लक्ष्मी वाग्ले र जानकी थापा गरि ४ जनाले आकांक्षा देखाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्