मुलुककाे दीर्घ शान्तिका लागि गठबन्धन: गृहमन्त्री खाँड

  • ख-
  • ख+

दमौली: गृहमन्त्री बालकृष्ण खाँडले मुलुककाे दीर्घ शान्तिकाे लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । तनहुँ महाेत्सवकाे समापनका अवसरमा बाेल्दै खाँडले मुलुकमा थिति बसाउन गठबन्धन आवश्यक रहेकाे बताए ।

संविधान बचाउन , लाेकतान्त्रिक गणतन्त्र लाई मजवुद बनाउन गठवन्धन अावस्यक रहेको गृहमन्त्री खाँडकाे भनाइ थियो । वैचारिक आधारसिला आ-आफ्नाे भए पनि लक्ष्य एउटै भएकोले पनि गृहमन्त्री गठवन्धनकाे पक्षमा रहेको उनको भनाइ थियो ।


स्थानीय चुनावमा आवश्यकताका आधारमा गठबन्धन गर्नुपर्ने खाँडकाे भनाइ छ । गठबन्धन भन्दा बाहिर नेपाली काङ्ग्रेस नरहेकाे भन्दै खाँडले गठवन्धन का साथीहरू लाई यहि साेच बनाउन अाग्रह गरे ।
आदिकवि भानुभक्त तथा व्यासका बारेमा चर्चा गर्दै खाँडले महारथिहरूकाे भूमि रहेको तनहुँ पवित्र भुमि रहेको बताए । दमाैलीमा केही समय अगाडि भएको अागलागिमा भएको नाेक्सानका बारेमा सरकारले गम्भीरतापूर्वक लिएको र पुनर्निर्माण गर्न राज्यकोषबाट सहयोग गर्ने खाँडले जानकारी दिए ।


कार्यक्रममा जलस्रोत तथा खानेपानी मन्त्री उमाकान्त चाैधरि , नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी , ध्रुव वाग्ले , राष्ट्रिय सभा सदस्य भगवती न्याैपाने , प्रकाश पन्त , कलिला खान , प्रदेश मन्त्री दाेवाटे विक , प्रदेश सभा सदस्य सरिता गुरूङ , उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ , जिल्ला समन्वयका सभापति शान्तिरमण वाग्ले , पविन्द्र कुमार श्रेष्ठ , मानकाजि श्रेष्ठ , सुवाेध अधिकारी लगायतका वक्ताहरूले मन्तब्य राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्