
दमौलीः तोकिएभन्दा एक दिन पछि सोमबार आठौं तनहुँ महोत्सवको समापन हुँदैछ । गत चैत्र १० गतेबाट तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा दमौलीस्थित बीपी वनवाटिका खेल मैदानमा जारी महोत्सवको गृहमन्त्री बालकृष्ण खाँडले समापन गर्दैछन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसहितका अतिथिबाट अबको केहीबेरमा समापन कार्यक्रम शुरु हुँदैछ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समेत विशिष्ट अतिथिका रुपमा आमन्त्रण गरिए पनि प्रदेश सभा बैठकका कारण उनी भने उपस्थित हुन नसकेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
आइतबार समापन हुने भनिए पनि महोत्सवको समय एक दिन थप गरिएको थियो ।
गृहमन्त्री खाँडले दमौलीमा आगलागीका क्रममा भएको क्षतिको समेत अवलोकन गर्ने कार्यक्रम रहेको सुरक्षा श्रोतले जनाएको छ ।