प्रिन्सेस हिमानीको जन्मदिनमा छोरीहरुको शुभकामना !

  • ख-
  • ख+

दमौली न्यूज: देशमा राजतन्त्र नभए पनि धेरैले प्रिन्सेस कै नाउँले पूकार्ने पूर्व युवराज्ञी हिमानी शाहको आज जन्मदिन परेको छ ।

राजतन्त्रको छवि राम्रो राख्नका लागि भूमिका खेल्दै आएकी उनले हिमानी ट्रष्टमार्फत सामाजिक कार्य गर्दै राजतन्त्र फर्काउनुपर्छ भन्नेहरुका पक्षमा सकारात्मक प्रभाव छाड्दै आएकी छन् ।

विशेषतः सामाजिक र धार्मिक कार्यक्रममा सहभागी हुन रुचाउने भारतकी यी राजकुमारीले घर छाडेर हिंडेका पति पारसको अभाव छोराछोरी र देशलाई हुन दिएकी छैनन् । बरु अझ प्रभावकारी भूमिकामा छन् ।

उनी युवराज्ञी हुँदी हुन् त आज उनको जन्मदिन देशले नै मनाउँथ्यो । तर नागरिकको मनमा बसेकी उनलाई देश र समाजले युवराज्ञीकै रुपमा सम्मान र श्रद्धा प्रकट गरिरहेको छ ।

आफ्नी आमाको जन्मदिनमा उनका छोरीहरु पूर्णिका र कीर्तिकाले सामाजिक सञ्जालमार्फत तस्बिर राखेर शुभकामना दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्