काङ्ग्रेस नेता सेखर भाेलि बन्दीपुर र दमाैली अाउने

  • ख-
  • ख+

दमौली : नेपाली काङ्ग्रेसका नेता डा . शेखर काेइराला भाेलि तनहुँकाे बन्दिपुर र दमाैलीमा हुने विभिन्न कार्यक्रममा भाग लिन अाउने भएका छन् । साथमा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, कांग्रेस नेता जगदिश्वर नरसिंह केसी लगायत रहनुहुनेछ।

भाेलि चैत २० गते, १०:०० बजे- बन्दिपुरमा हुने बृहत् खानेपानी उदघाटन कार्यक्रम सकेपछि काेइरालाले १२:३० बजे- नेपाली कांग्रेस बन्दिपुर कार्यसमितिको कार्यलय उदघाटन गर्ने कार्यक्रम रहेको छ । बन्दिपुरकाे कार्यक्रम सकेपछि २:०० बजे नेपाली काङ्ग्रेसका अगुवा कार्यकर्ता भेटघाटकाे लागि काेइराला पार्टी कार्यालय दमौलीमा अाउने कार्यक्रम रहेको छ ।

काेइराला सँग काङ्ग्रेस का केन्द्रीय सदस्य मधु अाचार्य र नेता जगदिश्वर नरसिंह केसि लगायतका नेताहरू रहने काेईरालाकाे सचिवालय ले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्