
विकास खनाल
दमौली: धेरै सुनकाे प्रलोभन देखाइ दमाैलीकाे व्यस्त बजारमा दिनदहाडै लुटपाट भएको छ ।
व्यास नगरपालिका वडा नं २ भेटघाट चाेक नजिकै बाट १ महिलाको घाँटीमा लगाइएको १ ताेलाकाे सिक्री र औंठी लुटपाट भएको स्थानीय प्रत्यक्षदर्शी हरूले बताएका छन् ।
तीनजनाकाे समुहमा रहेका अपरिचित युवाले नक्कली सुन धेरै देखाएर प्रलोभनमा पारेको या औषधी खुवाएर लठ्ठ पारी लुटपाट गरेको हुनसक्ने स्थानीयकाे अनुमान छ ।
यस सम्बन्धमा तनहुँ प्रहरीलाई सम्पर्क गर्दा घटनाको बारेमा साेधपुछ भइरहेको र अपरिचित युवाहरूको खाेजी भइरहेको जानकारी दियो । लुटपाटमा पर्ने महिलामा व्यास १० डिहिगाउँ की ४० वर्षिया रमा सुनार छन् ।