आठौं तनहुँ महोत्सव : आज शिव परियार ज्योति मगरको प्रस्तुती

  • ख-
  • ख+

दमौलीः आठौं तनहुँ महोत्सवको सातौ दिन बुधबार चर्चित गायन कलाकार शिव परियार र ज्योति मगर आउने भएका छन् ।

महोत्सवको छैठौ दिन मंगलबार मिलन नेवार,कर्णराज गिरी,कृष्ण सुवेदी र सजना बास्तोला लगायतका कलाकारहरुको प्रस्तुतिले दर्शकहरुलाई मनोरञ्जन दिलाएका
थिए ।

कलाकारको प्रस्तुतिमा दर्शकहरुले गीत र नाचेर साथ दिदाँ महोत्सवको माहौल छुट्टै रमाइलो बनेको थियो ।

महोत्सवमा राष्ट्रिय ख्याति प्राप्त कलाकारको प्रस्तुति रहेका कारण बुधबार दर्शकहरुको भीड लाग्ने बिश्वास गरिएको राष्ट्रिय कलाकार समन्वय समितिका संयोजक कुमार मल्लले जानकारी दिए ।
महोत्सवको छैठौं दिन करिब पन्ध्र हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेको छन् । महोत्सवमा करिब रु.२० लाख बराबरको आर्थिक कारोबार भएको महोत्सवका प्रवक्ता ईमकुमार मल्लले जानकारी दिए ।

मोटरबोट दर्शकहरुको आर्कषण ः
दर्शकहरुको ध्यानलाई मध्यनजर गर्दै मादीसेती नदीमा संञ्चालन गरिएको मोटरबोर्डको शुल्क घटाएपछि मोटरबोटमा शयर गर्नेहरुको भीड लाग्ने गरेको छ ।

महोत्सवको अन्य दिनमा प्रतिव्यक्ति २५० शुल्क रहेपनि सोमबार देखि रु १५० कायम गरिएको महोत्सव मुल समारोह संयोजक पविन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
मोटरवोर्डमा दैनिक सय भन्दा बढी जनाको हाराहारीमा दर्शकहरुले मोटरबोर्डको मज्जा लिने गरेको उनले बताए ।

मादीसेती नदीमा दुई वटा मोटरबोर्ड संञ्चालन गरेपछि दर्शकहरुको भीड नै लाग्ने गरेको आयोजक समितिले जनाएको छ । धार्मिक र साँस्कृतिक पर्यटकीयस्थलहरुको पहिचान गरी प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवस्थलमा एक जना डा.सहितको प्राथामिक उपचार स्टल एम्बुलेन्स तयारी अवस्थामो छ भने एउटा एम्बुलेन्स स्टेन्डबाई राखिएको छ ।

महोत्सवमा विभिन्न संघसंस्था,सरकारी कार्यालय,पालिकाका जनप्रतिनिधी,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरुको सक्रिय सहभागिता रहदै आएको छ ।

महोत्सवमा आएका अतिथीहरुलाई माला तथा खाँदा लगाएर सम्मान गर्ने गरिएको मञ्च निर्माण तथा सजावट समितिका संयोजक राजकुमार श्रेष्ठ राकुले जानकारी दिए ।
अतिथीहरुको सक्रिय सहभागिताले महोत्सव आयोजक समितिलाई थप हौसला मिलेको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्