
दमौलीः नेपाल पत्रकार महासंघ तनहुँ ले स्थापना दिवसको अवसरमा दमौली अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।
६७ औं स्थापना दिवसको अवसरमा देशभरि कार्यक्रम गर्ने क्रममा तनहुँ शाखाले पनि बिरामीलाई फलफूल वितरण गरि स्थापना दिवस मनाएको तनहुँ शाखा अध्यक्ष उज्जवल पौडेलले बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य एवम् पत्रकार महासंघ तनहुँका पुर्व अध्यक्ष प्रदिप काफ्ले , पूर्व अध्यक्ष ओमकार आचार्य , दमौली अस्पतालका डा. दिवस ढकाल , प्रेस युनियनका अमरराज नहर्की, प्रेस चौतारीका राजकुमार श्रेष्ठ बिबि, प्रताप राना, डीपी अधिकारी लगायतले पत्रकारको हकहितका बारेमा बोलेका थिए ।