जामुनेमा आयुर्वेद औषधालय भवनको अध्यक्ष रानाद्वारा उद्घाटन

  • ख-
  • ख+

म्याग्देः जामुने आयुर्वेदिक औषधालयको म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले उद्घाटन गरेकी छन् । म्याग्दे गाउँपालिका वडा नँ २ जामुनेमा रहेको औषधालयको उद्घाटन गर्दै उनले आयुर्वेदिक औषधिको महत्त्व कोभिडको बेलामा प्रमाणित भएको बताइन् ।


गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले २००६ सालमा स्थापना भएको औषधालय अहिले आफ्नै सुविधासम्पन्न भवन बनाइ सञ्चालन गर्न पाउँदा खुशी लागेको बताए ।
इतिहास मेटेर नमिटिने भन्दै आँफु जामुने गाविसको अध्यक्ष हुँदा जामुनेको राधा माविको लागि जग्गा किनेर इतिहास राखेको घिमिरेले बताए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आयुर्वेदिक जस्तो संबेदनसिल क्षेत्रको भवन उद्घाटन गर्दा पनि सबै जनतालाई थाहा नदिइ सीमित व्यक्तिको उपस्थितिमा गरिएको गुनासो गरे ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले संघीय सरकारको बजेट बाट भवन निर्माण सम्पन्न भएको बताए । लागत इस्टमेट १ करोड ९३ लाख १३ हजार ५ सय ९५ मा १ करोड ५८ लाख ८८ हजार २ सय ३१ रूपयामा भवन बनेको अधिकारीले जानकारी दिए । गाउँपालिकाले ७१ वटा कानुन निर्माण गरेको , पक्की मोटरेवल पुल देखि झोलुङ्गे पुल निर्माण गरेको , बेरूजु शून्य भएको र सामाजिक दायित्वको भावनाले काम गरिरहेको बताए ।

वडा नँ २ का अध्यक्ष चन्द्र बहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा प्रेमबहादुर थापा, बद्रीका भट्टराई घिमिरे, राधिका घिमिरे, राजन श्रेष्ठ, सीता कुमाल, विष्णुकुमार श्रेष्ठ, तारा रानाभाट, यमबहादुर थापा, श्यामकृष्ण जोशी लगायतका वक्ताहरूले बोलेको योजना शाखा प्रमुख श्रीराम खनालले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी