एनआरएनए ओसेनिया संयोजक जोशी भन्छन्, ‘वाचा पूरा गर्छु’

  • ख-
  • ख+

दमौलीः गैर आवासीय नेपालीको छाता संस्था एनआरएनए ओसेनिया संयोजकमा दिनेशराज जोशी निर्वाचित भएका हुन् । हालै सम्पन्न १० औं महाधिवेशनमा तनहुँका जोशी सर्वसम्मत ओसेनिया संयोजक निर्वाचित भएको एनआरएनए सचिवालयले जनाएको छ ।


नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका संस्थापक तथा हाल त्यहीं सक्रिय जोशी एनआरएनएको नेतृत्वमा सक्रिय छन् ।

जोशीले आफूले एनआरएनएलाई बलियो बनाउन उम्मेदवारी दिएको भन्दै अब ओसेनिया क्षेत्रका नेपालीको समस्या समाधान गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । ‘मैले पहिले वाचा गरेका कुरा पुरा गर्नेछु,’ उनले भने ।


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्