म्याग्दे ४ को आफ्नै भवन

  • ख-
  • ख+

म्याग्देः म्याग्दे गाउँपालिका वडा नँ ४ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन भएको छ । भवनको म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले उद्घाटन गरिन् ।
भवनको उद्घाटन गर्दै रानाले सुन्दर ठाउँमा, सबैलाई पायक पर्ने गरि राजमार्गको छेउमा वडा भवन बन्नु सबै वडावासीका लागि खुसीको कुरा भएको बताइन् ।

रानाले वडा कार्यालय उद्घाटन गर्दा डेराबाट घरमा सरेको जस्तो खुसीको अनुभव भएको बताइन् । गाउँपालिकाका सबै वडा आफ्नै पालामा सम्पन्न गरेर उद्घाटन गर्ने भन्ने सोचेर काम गरे पनि कोभिड तथा ठेकेदारका कारण ६ र ७ नम्बर वडा सम्पन्न गर्न नसकिएको रानाले बताइन् ।

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउँपालिका भित्रका आवस्यक संरचना बनाउन जग्गा खोज्ने क्रममा अन्य ठाउँमा भन्दा यो ठाउँ उपयुक्त लागेको बताए । १० शैयाको हस्पिटल, गाउँपालिकाको प्रशासनिक भवन यहि ४ नम्बर वडामा बन्नु यसै पनि वडावासीका लागि खुशी भन्दै घिमिरेले अहिले वडाको नयाँ भवन निर्माण सम्पन्न सँगै उद्घाटन भइ सञ्चालनमा आउनु अर्को सुखद् पक्ष भएको बताए ।
‘नेपाली काङ्ग्रेस नक्कली कुरा गरेर जनतालाई भ्रम फैलाउन जान्दैन , जति सकिन्छ त्यति बोलिन्छ’, घिमिरेले भने । गठन अगाडि धेरै झन्झट बेहोर्याैँ भन्दै घिमिरेले साविक जामुने लाई व्यासतिर , मनपाङ र छाङ लाई शुक्लातिर मिसाउने हौवा चलाइए पनि त्यसो गर्न हुँदैन भनेर लागे पछि म्याग्दे गाउँपालिका बनेको उनले बताए ।

प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले ०७७ ÷ ०७८ र ०७८ ÷ ०७९ को दुबै बर्ष पुर्वाधार वर्षका रूपमा लिएको बताए । अधिकारीले कुल लागत ८७ लाख ५७ हजार मध्ये ४५ लाख ३० हजार ९ सय २४ ( भ्याट बाहेक ) मा भवन निर्माणको लागि देउराली विल्डर्सले ठेक्का लिइ सम्पन्न गरेको बताए ।

गाउँपालिकाले १२५ वटा कार्यपालिका बैठक सम्पन्न भएको अधिकारीले जानकारी दिए । तनहुँ मा मात्रै होइन म्याग्दे लाई नेपालमै प्रथम बनाउने गरि काम गरिरहेको उनको भनाइ थियो ।


म्याग्दे ४ का अध्यक्ष प्रेमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा श्रीबहादुर थापा , शिवबहादुर आले, बद्रीका घिमिरे, ज्योतिकुमार श्रेष्ठ, गौरवराज राना, कुमारी राना , बालकृष्ण श्रेष्ठ, विष्णुकुमार श्रेष्ठ, दीपक श्रेष्ठ, चन्द्रमणि अधिकारी, मिनराज अधिकारी , लगायतका वक्ताले बोलेको गाउँपालिकाका योजना शाखा प्रमुख श्रीराम खनालले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्