अध्यक्ष रानाद्वारा खानेपानी आयोजनाको उद्घाटन

  • ख-
  • ख+

म्याग्दे : तिर्थेखोला हात्तिखोर खानेपानी आयोजनाको उद्घाटन भएको छ । तनहुँको म्याग्दे गाउँपालिका वडा नँ १ गुणादीमा रहेको उक्त योजनाको म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले उद्घाटन गरिन् ।

योजनाको उद्घाटन गर्दै प्रमुख अतिथि रानाले खानेपानी हरेकका लागि आधारभुत आवस्यकता भएको बताइन् । गाउँपालिकाले बत्ती,पानी, बाटो लाई प्राथमिकतामा राखेर काम गरेको भन्दै रानाले बिकासका काममा स्वयं जनतानै जागरूक हुनुपर्ने बताइन् । गाउँघर टोल छिमेकमा के आवस्यकता छ त्यो सार्वजनिक ठाउँमा बसेर अनावश्यक टिका टिप्पढी गरेर होइन सम्बन्धित ठाउँमा लिएर आउनुहोस , हामी काम गर्छौं रानाले भनिन् ।

प्रक्रिया पूरा भएर आएका , कागजात मिलेर आएका काम छिटो हुने हुनाले त्यसतर्फ ध्यान दिन र खालि हात मुखको भरमा गाउँपालिकाले काम गर्छ भन्ने भ्रम त्याग्न उनले आग्रह गरिन् । कार्यक्रममा बिशिस्ट अतिथि म्याग्दे गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. १ का अध्यक्ष शिवशरण वाग्लेले जनताको हित हुनेगरी काम गरेको बताए ।

व्यक्तिगत स्वार्थ भन्दा पनि सामाजिक स्वार्थको भावनाले काम गर्दै आएको वाग्लेको भनाइ थियो । खानेपानीका अध्यक्ष कृष्णराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा कल्पना रामदाम , देवीलाल खनाल,नारायण प्रसाद खनाल,पवित्रा खनाल, बिकास खनाल लगायतका बक्ताहरूले बोलेका थिए । १८ लाख ५० हजारको लागतमा निर्माण सम्पन्न भएको योजनाको म्याग्दे गाउँपालिका बाट १० लाख भन्दा बढि सहयोग र बाँकी गण्डकी प्रदेश बाट तथा जनश्रमदानबाट योजना सम्पन्न गरिएको अध्यक्ष कृष्णराज खनालले बताए ।

खानेपानी बाट गुणादीका ४१ घर धुरि लाभान्वित भएका छन् । कार्यक्रममा टङ्कि राख्ने जग्गा दान दिने राजु खनाल, भिमबहादुर थापा , नारायणी देवि खनाल तथा ध्रुवनाथ खनाललाई सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी