कोरोनाले व्यासको मूर्तिलाई धेरै बजेट दिन सकिएन: गुरुङ

  • ख-
  • ख+

‘अर्को वर्ष धेरै बजेट’

दमौली: व्यास क्षेत्रमा १ सय ८ फिट अग्लो वेदव्यासको मूर्ति निर्माणलाई विशेष प्राथमिकता दिने आर्थिक मामिला मन्त्री किरण गुरुङले बताएका छन् ।

कोभिड संकटका कारण यो वर्ष धेरै बजेट दिन नसकिए पनि आगामी बजेटमा पूर्वाधार विकासमा बढी बजेट दिने उनले प्रतिवद्धता जनाए । ‘ यो वर्ष कोरोना का कारण धेरै बजेट संकलन हुन सकेन ‘ उनले भने, ‘ अर्को बजेटमा विशेष व्यवस्था गर्न प्रदेश सरकार प्रतिवद्ध छ ।’

????????????????????????????????????

व्यास पराशर अन्न क्षेत्रका प्रमुख संरक्षक दामोदर बाबा नेतृत्वमा गएको प्रतिनिधिमण्डल संग भेट्दै गुरुङले व्यास क्षेत्रको विकास प्रदेश सरकारको प्राथमिकतामा परेका कारण रातो किताबमा पारेर बजेट विनियोजन गरेको बताए ।

भेटका क्रममा व्यास क्षेत्र शिव  पाञ्चायन विकास कोषका प्रमुख संरक्षक काशीनाथ न्यौपानेसहित पदाधिकारीहरुको सहभागिता थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी