म्याग्दे गाउँपालिका द्वारा ल्याण्ड फिल्ड साइडको लागि जग्गा दिने ९ सम्मानित

  • ख-
  • ख+

म्याग्दे : म्याग्दे गाउँपालिकाको १२५औं कार्यपालिका वैठक शनिवार म्याग्देको बहपुरमा सम्पन्न भएको छ । कार्यपालिका वैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले ल्याण्ड फिल्ड साइडका लागि जग्गा दिने ९ जना लाइ सम्मान गरेको छ ।

कार्यक्रममा जग्गादाताहरू गालुमाया रानाभाट , चिजमाया रानाभाट , शिमिमाया रानाभाट , गोमादेवि राना ,प्यारि रानाभाट ,केशबहादुर रानाभाट ,कल्याण रानाभाट, समरबहादुर रानाभाट , पदमबहादुर रानाभाट लाई सम्मान गरेको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

९ जनाको नाममा रहेको म्याग्दे २ स्थित बहपुरको जग्गाको मुआब्जा बितरण सँगै सम्मान गरेका हौं अधिकारीले भने । ल्याण्ड फिल्ड साइडको लागि २२ रोपनि १३ आना जग्गा जिल्ला मालपोत कार्यलय तनहुँबाट पास भइ गाउँपालिकाको नाममा पुर्जा पास आइसकेको छ , अधिकारीले भने ।
वैठकमा गाउँपालिकाको अन्तिम कार्यपालिका बैठक रहेको भन्दै म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले ५ बर्षको बिचमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिइन् ।

जिरो अवस्थामा गाउँपालिकाको नेतृत्व लिन आएको आफ्नो नेतृत्वको जनप्रतिनिधि टिमले म्याग्देको बिकासको लागि धेरै महत्त्वपूर्ण काम गरेको र केहीको रेखा कोरेको रानाले बताइन् ।सम्पन्न गर्न सकेका जति सक्यौं , सम्पन्न हुन नसकेका काम क्रमशः सम्पन्न हुँदै जानेछन भन्दै रानाले एन नियम देखि पुर्वाधार निर्माण सम्मका कामहरू तिव्र गतिमा भएको बताइन् । हामीले गरेका काम आज भन्दा भोलि देखिने रानाको भनाइ थियो ।

कार्यपालिका वैठकमा उपाध्यक्ष बालकृष्ण घिमिरेले ल्याण्ड फिल्ड साइडको लागि आफ्नो संयोजकत्वमा एउटा समिति गठन भएको र त्यहि समितिले उपयुक्त जग्गा खोज गर्दै जाँदा बहपुर उपयुक्त ठाउँ देखिएको बताए । जग्गा गाउँपालिकाको नाममा आईसकेकोले अब डिपिआर तयार पार्ने , नालि सहितको बाटो निर्माण गर्ने , आवस्यक भवन बनाउने तिर गाउँपालिकाको ध्यान जाने घिमिरेको भनाइ थियो ।

फोहोर मैला फाल्ने गाडी खरिद लगायतका आवस्यक सबै काम अगाडि बढाउने भन्दै घिमिरेले , पिकनिक स्पोर्टस बनाउने समेत योजना रहेको सुनाए । यो ठाउँको बिकासको लागि ल्याण्ड फिल्ड साइड महत्वपूर्ण सावित हुने घिमिरेको भनाइ थियो । ल्याण्ड फिल्ड निर्माणका लागि संघिय सरकार बाट २ करोड २४ लाख रूपया बजेट विनियोजन भइसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्