थप १५५९ जनामा कोरोनाको संक्रमण पुष्टि

  • ख-
  • ख+

काठमाडौं : नेपालमा थप १५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप १५५९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ। संक्रमितमध्ये ५६ हजार ४२८ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४९८ जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर १०५७ जना घर फर्किएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी