मुख्यमन्त्री पाेख्रेल र जगतगुरू शंकराचार्य बाट अकला मन्दिरको आज उद्घाटन

  • ख-
  • ख+

म्याग्दे:गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पाेख्रेल र जगतगुरू शंकराचार्यबाट आज अकला मन्दिरको उद्घाटन हुने भएको छ ।

तनहुँकाे म्याग्दे गाउँपालिका ३, किलचोकमा रहेको अकलादेवी मन्दिरको गुरु योजना अनूरुप मुख्यमन्त्री पोख्रेल र श्रीकाशीसुमेरु पीठाधीश्वर जगद्गुरु शंकराचार्य जी महाराजबाट संयुक्त रूपमा उद्घाटन गरिने मन्दिर निर्माण संयाेजक रामभक्त घिमिरेले बताए ।

मन्दिरको २०७६ वैसाख १६ गते शिलान्यास भएको थियो । मन्दिर निर्माण एवम् उद्घाटन पश्चात् धार्मिक पर्यटकहरू बढ्दै जाने मन्दिर व्यवस्थापन समितिले बिश्वास लिएको छ ।

मुख्यमन्त्री पाेख्रेल र जगतगरू अाउने भए पछि अहिले किल्चाेक अासपास व्यापक तयारी सँगै झकिझकाउ पार्ने काम हुनथालेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी