
दमौली: क्षेत्रीय हाेटल संघ तनहुँले केही समय अगाडि दमाैलीमा आगलागी हुँदा क्षति भएको एक हाेटललाई नगद सहयोग गरेको छ ।
दमाैलीकाे तनहुँसुर मिनी मार्केट भित्र फेमिलि हाेटल सञ्चालन गरि बस्ने जमुना गुरूङकाे हाेटल मा अागलागि भएको दिन सामान निकाल्ने क्रममा सबै सामान क्षति भएको थियो । अागाेले नटिपेपनि पुर्ण प्रभावित भएको र व्यवसायीलाई अफ्ट्यारो पर्दा थाेरै भए पनि सहयोग गर्नु मानविय धर्म सँगै संस्थाकेा दायित्व भएकोले सहयोग गरिएको दमाैली बजार एकाई सभापति शंकर अधिकारीले बताए ।
यतिका दिन भैसक्दा पनि व्यवसाय सञ्चालनमा आउन नसकेको भन्दै अधिकारीले रकम सानो भए पनि पीडित प्रति सहानुभूति दिएको बताए ।
सहयोग वितरण कार्यक्रममा क्षेत्रीय हाेटल संघ तनहुँका अध्यक्ष जीवन शाही , वरिष्ठ उपाध्यक्ष विकास खनाल, सीता पहाडी , विनिता सेढाई लगायतको उपस्थिति रहेको एकाई सचिव अनुप दाहालले बताए । संघको भेटघाट, सहानुभूति र सहयोग प्रति हाेटल सञ्चालक जमुना गुरूङले धन्यवाद दिएकी थिइन् । संघले यस अगाडि पनि सदस्य व्यवसायीलाई समस्या पर्दा विभिन्न सहयोग गर्दै अाएकाे छ ।