ऋषिङको विकास सफलताः विकाससँगै आधुनिक भवन

  • ख-
  • ख+

ऋषिङः स्थानीय सरकार स्थापना भएसँगै तनहुँको कछार क्षेत्रका रुपमा चिनिएको ऋषिङ अहिले विकासमा आशालाग्दो फड्को मारिरहेको छ । सरकारले काम थालेसँगै अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको नेतृत्वमा आफ्नै बजेटमा पहिलोपटक कालोपत्रे थालेको गाउँपालिकाले सडक कालोपत्रेलाई सपना ठानेका नागरिकलाई विकासे आशा देखायो ।

आशा मात्र देखाएन गाउँपालिकाले धेरैका लागि असाधारण लाग्ने गाउँको सानो पालिकाले आफ्नै बजेटमा पक्की पुल, धेरै वडामा कालोपत्रे, अनि सडकबत्तीसँगै विद्यालय र स्वास्थ्य पूर्वाधारको विकासमा मारेको फड्कोले छिमेकका अन्य ग्रामीण पालिकाका तुलनामा ऋषिङलाई अब्बल ठहर्यायो ।

र,पाँच वर्षे अवधि सकिनु केही मात्र अघि पालिकाको भवन निर्माण सकेको गाउँपालिकाले प्रधानमन्त्रीबाटै यसको उद्घाटन गराउन सक्नुलाई अध्यक्ष श्रेष्ठको विकासे सफलताका रुपमा धेरैले लिएका छन् ।

थोरै बजेट हुने अनि ठूला काम सम्भव नहुने धेरैले ठाने पनि विकासको सफलता धेरैका लागि उदाहरणीय बनेको छ । थोरै समयमा गाउँपालिकामा धेरै विकासका काम भएको र त्यससँग प्रधानमन्त्रीलगायत उच्च नेतृत्व समेत खुशी भएको अर्थमा भवन उद्घाटनमा प्रधानमन्त्रीको उपस्थितीलाई लिइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी