शनिबार रोट्रयाक्टको सचिन स्मृति खुला दौड प्रतियोगिता

  • ख-
  • ख+

दमौली : रोटर्याक्ट क्लब अफ दमौलीको आयोजनामा ’१९औं स्व. रो.सचिन स्मृति खुल्ला दौड प्रतियोगिता’ हुने भएको छ ।

प्रतियोगिता आगामी चैत १२ गते शनिबार दमौली अनसनचौतारी देखि छाब्दी बाराही मन्दिरसम्म हुने क्लबले जनाएको छ । दौडको दुरी ९ किलोमिटर रहेको आयोजकले जनाएको छ ।

खेलकुद र पर्यटन प्रवद्र्धन गर्ने दौड प्रतियोगिताको मुख्य उद्धेश्य रहेको क्लबका अध्यक्ष सुशान्त अधिकारीले जानकारी दिए । उक्त दौड प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुनेले क्रमशः रु. १२ हजार १२, रु. १० हजार १० र रु. ८ हजार ८ नगद, प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन् ।
यस्तै सान्तवना हुने रु. २ हजार २ पाउनेछन् ।

प्रतियोगितामा करिब ५० जना धावकहरुले सहभागिता हुने अपेक्षा राखेको कार्यक्रम संयोजक विशाल श्रेष्ठले बताए । दौड रुट दमौलीको अनसन चौतारीबाट सफासडक, पृथ्वी राजमार्ग, गम्बुवेशी, भादगाउँ हुँदै छाब्दी बाराही मन्दिरसम्म हुने संयोजक श्रेष्ठले जानकारी दिए ।

पर्यटकीय स्थल छाब्दी बाराही मन्दिरको प्रचारप्रसार र युवायुवतीलाई प्रोत्सहान गर्न दौड गरिएको क्लबका पुर्वअध्यक्ष मनोज राउतले जानकारी दिए ।
क्लबले आफ्ना दिवंगत सदस्य सचिन श्रेष्ठको स्मृतिमा हरेक वर्ष प्रतियोगिता गर्दै आईरहको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्