म्याग्देले बाँड्यो कृषकलाइ उन्नत जातका बोका

  • ख-
  • ख+

विकास खनाल
म्याग्देः
म्याग्दे गाउँपालिकाले कृषकलाई उन्नत जातका बोका बाँडेको छ । म्याग्दे गाउँपालिका भित्रका कृषकहरू मध्ये उत्कृष्ट छनोट गरि उनिहरूलाइ बोयर जातका बोका सय प्रतिशत अनुदानमा वितरण गरिएको म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले बताइन् ।


सातजना कृषकलाई अहिले बोका वितरण गरेका छौं यसले कृषकलाई उर्जा मिलेको छ रानाले भनिन् । गाउँपालिकाको पशु शाखा बाट कृषकहरुलाई उन्नत जातका बोयर बोका वितरण गरिएको पशु शाखा प्रमुख श्रीकृष्ण पौडेलले बताए ।

बोका वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी , वडा नं ४ का अध्यक्ष प्रेम थापा , पशु शाखा प्रमुख श्रीकृष्ण पौडेल लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्