पल शाहविरुद्धको अनुसन्धान सरकारी वकिल कार्यालयमा पेश, तनहुँमा पनि मुद्दाको बाटो खुल्यो

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
नाबालिग बालिकामाथि बलात्कार अभियोगमा अनुसन्धानका क्रममा रहेका अभिनेता पलशाहविरुद्धको मुद्दामा तनहुँ प्रहरीले अनुसन्धान सकेको छ ।

‘अनुसन्धान सक्यौं र रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझायौं,’ जिल्ला प्रहरी कार्यालय तनहुँ श्रोतले भन्यो ।

अब सरकारी वकिलको कार्यालय तनहुँलाई उनीविरुद्ध अदालतमा मुद्दा दायर गर्ने बाटो खुलेको छ ।

तनहुँ प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन पेश गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले पनि शाहविरुद्ध गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्