
थर्पुः म्याग्दे–४, छिम्लिस्वाँरामा रहेको मणि युवा क्लबको २१औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रथम मणि कप फुटबल प्रतियोगिताको उपाधि आदर्श नमुना क्लबले जितेको छ । आइतवार सम्पन्न फाइनल खेलमा आयोजक मणि युवा क्लबलाई हराउँदै आदर्शले फाइनल जितेको हो ।
निर्धारित चालिस मिनेटको खेलमा दुबै तर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा आयोजक मणि युवा क्लबलाई ४ का विरूद्ध ५ गोलले पराजित गर्दै आदर्शले प्रथम मणि कप उचाल्न सफल भएको क्लबका अध्यक्ष गौरवराज रानाले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २५ हजारका साथै मेडल, प्रमाणपत्र तथा द्वितिय हुने टिमले नगद १५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी टिमलाई म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले पुरस्कार बितरण गरिन पुरस्कार वितरण गर्दे अध्यक्ष रानाले खेलले खेलाडीको प्रतिभा उजागर गर्ने बताइन् ।
म्याग्दे गाउँपालिकास्तरिय फुटबल प्रतियोगितामा कुल २० टिमले सहभागिता जनाएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथी म्याग्दे ४ का अध्यक्ष प्रेमबहादुर थापा, जितराज राना, हिरा लाल गुरूङ, गौरवराज राना, वडा सदस्य दिपक श्रेष्ठ, चन्द्रकुमार मल्ल, अमर आले, गंगा आले, बिहिसरा राना, मलिन मल्ल, सलन थापालगायतले शुभकामना व्यक्त गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ट गोलरक्षकमा रतन हिताङ, उत्कृष्ट खेलाडीमा संगम गुरूङ, उच्च गोलकर्ता विनय थापा, उत्कृष्ट रक्षापंक्ति सलन थापा, म्याग्दे उदयीमान खेलाडी दिपेश श्रेष्ठ तथा म्यान टु वाच सुमन श्रेष्ठ घोषित भएका छन् ।