
विकास खनाल
म्याग्देः म्याग्दे गाउँपालिकाले एकल र विदुर पुरूषलाइ सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । गाउँपालिका भित्र स्थायी बसोवास गर्ने ४५ वर्ष पूरा भई ६० वर्ष ननाघेका लक्षित , दलित , एकल तथा विदुर पुरूषलाइ सामाजिक सुरक्षा भत्ता प्रदान गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।
उपाध्यक्षसँग एकल तथा विदुर कार्यक्रम मार्फत सामाजिक सुरक्षा भत्ता प्रदान गरिने प्रमुख प्रशासकिय अधिकृत अधिकारीले बताए । यस्तै गाउँपालिकाले ग र घ वर्गको परिचयपत्र प्राप्त सबै उमेर समुहका महिला पुरूष , अपांगता भएका व्यक्तिहरू लाई समेत कार्यविधिमा भएको व्यवस्था अनुसार भत्ता प्रदान गरिने गाउँपालिका अध्यक्ष मायादेवी रानाले बताइन् ।
यो कार्यक्रम देशभरका स्थानीय तहमा थोरैले मात्रै ल्याएका छन् , यस कार्यक्रममा पनि हामी अगाडि नैं छौँ रानाले भनिन् । गाउँपालिकाले चैत १३ गते भित्र तोकिएको ढाँचा अनुसार आवेदन फाराम भरि दरखास्त बुझाउन आव्हान गरेको छ ।
कार्यक्रमले महिला पुरुषमा समानता ल्याउन तथा एकल पुरूषलाइै हौसला बढाउन प्रेरणा मिल्नेछ गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले भने ।
‘पहिले देखिको सोच थियो , अहिले निर्णय गर्याैँ’ भन्दै घिमिरेले समयमै सम्बन्धित सबैले गाउँपालिकाको महिला शाखामा दरखास्त दिएर लाभ लिनुअनुरोध गरे । त्यसको लागि रितपुर्वक निवेदन , अपांग परिचयपत्र , ज्येष्ठ नागरिक परिचयपत्र , नेपाली नागरिकताको प्रतिलिपि तथा विदुरका लागि दोहोरो सुविधा नलिएको आधार समावेश गर्न गाउँपालिकाले आव्हान गरेको छ ।