
मानवताको सेवा नै जिवनको सरवोत्तम कार्य हो भन्ने मुल नाराका साथ जेसिआई व्यास नगरले एक स्कुललाई सहयोग गरेको छ ।
फागु पुर्णिमाको अवसर पारि व्यास नगरपालिका वडा न १३ वेलबास स्थित श्री सिद्द वेनी सुस्ता विद्यालयलाई शैक्षिक सामग्रीका साथै खाजा,डस्विन र केहि नगद हस्तान्त्रण गरिएको जेसिआई व्यास नगरका अध्यक्ष कृष्ण सुनारले जानकारी दिए ।

सहयोग कार्यक्रममा संथापक अध्यक्ष सिनेटर रामलाल श्रेष्ठ, पूर्व अध्यक्ष, कार्यपालिका सदस्य मधुमाया विक विद्यलयका प्रधानाध्यापक, शिक्षक, वोर्डका पदाधिकारी,जेसिज सदस्य,विद्यार्थी भाई वहिनीहरूको उपस्थितमा होलीको अविर लगाउदै सो सामाग्री हस्तान्तरण गरिएको थियो ।
जेसिआई व्यास नगरले पछिल्लो दिनमा सामाजिक कार्यमा सक्रियताका साथ लागि परेको र धेरै विद्यालयलाई सहयोग गर्दै आई रहेको पनि अध्यक्ष सुनारले बताए ।