शुक्लागण्डकी खैरेनीटार महाेत्सव चैत २४ देखि वैशाख ५ सम्म

  • ख-
  • ख+

विकास खनाल
खैरेनीटार : तनहुँकाे शुक्लागण्डकी खैरेनीटार महाेत्सव चैत २४ गतेदेखि बैशाख ५ गतेसम्म हुने भएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाईद्वारा शुक्रबार खैरेनीटारमा आयाेजित पत्रकार सम्मेलन मार्फत उक्त जानकारी गराइएको हाे । पत्रकार सम्मेलनमा सभापति पुर्णबहादुर कायस्थले महाेत्सवमा बाल कलाकारलाई प्राथमिकता दिने बताए ।


केहीले महाेत्सव जुधाइ राजनीति गर्न खाेजेपनि त्यो सम्भव नहुने र आफुहरूले नगरपालिकाबाट स्वीकृति समेत लिसकेकाे बताए । महाेत्सवमा कृषि लाई प्राथमिकतामा राख्ने भन्दै कायस्थले स्थानीय ब्यापारीलाई ३० प्रतिशत छुटमा स्टल दिने बताए ।


शुक्लागण्डकी नगरपालिका वडा नं ७ का अध्यक्ष
रामबहादुर थापाले महाेत्सव सबैकाे सहमति र सहकार्यले सफल हुने बताए । महाेत्सवबाट आउने आम्दानीले सामाजिक कार्यमा खर्च गरिने भनिएको तर महाेत्सव नै घाटामा जाने अवस्था आयाे भने कसले व्यहाेर्ने ? प्रमुख अतिथि समेत रहेका अध्यक्ष थापाले प्रश्न गरे ।


त्यसकारण सबै मिलेर एउटै महाेत्सव गर्नुस् । महाेत्सवका निर्देशक समुन्द्र राम श्रेष्ठले २०६५ सालको चैते दसैंबाट सुरु भएको महाेत्सवलाइ परिमार्जित गर्दै हरेक बर्ष महाेत्सव अायाेजना गर्दै अाएकाे बताए ।


यस ठाउँको धार्मिक मठमन्दिर देखि एतिहासिक साँस्कृतिक सम्पदाको प्रचारप्रसार गरि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने महाेत्सवकाे उद्देश्य रहेको श्रेष्ठले बताए । महाेत्सव बाट अाउने आम्दानी विगतमा पनि सामाजिक क्षेत्रमा लगानी गर्दै आएकाे र यसपटक पनि शवदाह बनाउने काममा सहयोग तथा बजार उज्यालो बनाउन साेलार बत्तीलाई चुस्त राख्ने रहेको बताए ।


व्यक्तिकाे स्वार्थकाे लागि नभै समाजको स्वार्थको लागि समाज र ठाउँको प्रचारप्रसार काे लागि महाेत्सवकाे अायाेजना गरिएको श्रेष्ठले बताए । पत्रकार सम्मेलनमा महाेत्सवका प्रवक्ता हरिबहादुर थापाले विगतका वर्षमा खैरेनीटार महाेत्सव मात्रै भनिएकोमा यसपटक शुक्लागण्डकी पनि थपिएको बताए ।

नगर स्तरीय महाेत्सव भएकोले शुकलागण्डकी थपिएको हाे प्रवक्ता थापाले भने । चैते दसै महाेत्सवले पुरानो संस्कृति जाेगाउने काम गरेको थापाले बताए । कार्यक्रममा
सचिव प्रमाेद लामिछाने , महिला उद्धमि बसन्ता श्रेष्ठ , पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पाैडेल , खेमराज खनाल लगायतका वक्ताहरूले महाेत्सव सफलताको सुभकामना व्यक्त गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्