मानुङमा दमौलीका युवालाई धारिलो हतियार प्रहार गरि पोखराका युवा फरार

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
व्यास नगरपालिका वडा नं ५ मानुङकोटमा गएराती दमौलीका दुई युवा माथि आक्रमण भएको छ ।

पोखराबाट आएका दुई युवाले आक्रमण गरि राति नै उनिहरू फरार भएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रवक्ता डिएसपी युवराज खड्काले बताए । ‘पोखराका युवाहरू भन्ने सूचना छ, तर पहिचान भैसकेको छैन,’ उनले भने, ‘हामी अनुसन्धानमा छौं, छिट्टै दोषीलाई कारबाहीको दायरामा ल्याउँछौं ।’


आक्रमणबाट घाइते हुनेमा तनहुँ जिल्लाको व्यास–४ निवासी दीपेन्द्र सिंह र व्यास–३ शान्तिनगर निवासी कमल रामदाम रहेको प्रहरीले जनाएको छ ।

घाइते युवाहरूको समाधान हस्पिटल दमौलीमा उपचार भैरहेको छ । सिंहको टाउकोमा २२ वटा टांका र रामदामको चिउँडोमा १० वटा टाका लगाएको छ ।
पोखराबाट आएका युवाले धारिलो हात हतियार प्रयोग गरि कुटपिट गारेको पीडित युवाले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्