दमौलीको ‘होली कल्चर’: एक नोष्टाल्जिया

  • ख-
  • ख+

पवन पौडेल
झण्डै डेढ दशक अघिको फागूपूर्णिमा होलीकै एक दिन थियो । रंग दल्ने क्रममा दुई युवा समूहबीच विवाद भयो । विवाद झडपमा बदलियो । अनि झडपमा केही गम्भीर घाइते भए । केहीले ज्यानै गुमाउनु पर्यो ।


सानो गाउँले सहर दमौलीमा विगतका होली पर्व बिरलै झडपहीन हुन्थे । रंग दल्ने निहुँ होस्, युवतीसम्बन्धी विवाद होस् वा अरु त्यस्तै विवाद । धेरै घाइते हुने र कतिपय समयमा यसमै परेर युवाले ज्यान समेत गुमाएका इतिहास छन् ।

झडपको त्रासका कारण व्यवस्थित कार्यक्रम गर्न पनि आयोजक डराउने र सामान्य हुल वा भिडभाड मात्र जम्मा हुने र त्यो पनि त्रासमै हुने कारण दमौलीले खुलेर होली मनाउन नपाएको लामै समय भैसकेको थियो । दमौलीमा त्यस्तो अवस्था भए पनि हामी सञ्चारमाध्यम अनि सामाजिक सञ्जालमा छिमेकी सहर पोखरा, काठमाडौं अनि पूर्वका सहरमा यस पर्व उत्सव अनि सहरको प्रतिष्ठा देखाउने माध्यम पनि बनेको देख्थयौं ।


पहिलेको २, १० र ११ वडा अनि पछि विस्तारित भादगाउँ, पाटन मात्र नभएर वृहत दमौली आसपासका युवा पनि कुनै न कुनै रुपमा दमौली आउँथे । तत्कालीन २ र ११ अनि भादगाउँसमेतका युवाबीचको सत्रुतापूर्ण सम्बन्ध अनि मादक पदार्थ सेवन गर्दाको जोश पोख्ने माध्यम बनेकै कारण मानिसको ज्यानै जान थाले पछि होली प्रहरी प्रशासनले समेत कडाइ गर्ने कारण खुल्न नपाइने अवस्था बनिसकेको थियो ।


झडपको त्रासका कारण व्यवस्थित कार्यक्रम गर्न पनि आयोजक डराउने र सामान्य हुल वा भिडभाड मात्र जम्मा हुने र त्यो पनि त्रासमै हुने कारण दमौलीले खुलेर होली मनाउन नपाएको लामै समय भैसकेको थियो । दमौलीमा त्यस्तो अवस्था भए पनि हामी सञ्चारमाध्यम अनि सामाजिक सञ्जालमा छिमेकी सहर पोखरा, काठमाडौं अनि पूर्वका सहरमा यस पर्व उत्सव अनि सहरको प्रतिष्ठा देखाउने माध्यम पनि बनेको देख्थयौं ।

रंग दल्ने प्रतियोगिता, घैंटो फुटाइ अनि शुभकामना आदानप्रदान साथै बीच बीचमा गीत र नृत्य अनि दिनभर प्रत्यक्ष प्रसारण गर्नाले पहिलो वर्षको त्यस कार्यक्रमले निकै राम्रो प्रतिक्रिया पायो ।


एकातिर हुलदंगाको त्रास अनि अर्कोतिर व्यवस्थित कार्यक्रमको अभाव हुँदा युवाबाहेकका समुदायले यस पर्वलाई खुलेर मनाउन पाएको थिएन । सामान्य घैटो फुटाइ कार्यक्रम हुने गरे पनि धेरै व्यवस्थित नहुँदा त्यसमा पनि झडपको सम्भावना जतिखेरै रहन्थ्यो ।


दमौलीलाई एउटा जीवन्त सहर बनाउन अनि सबै वर्गकाले मर्यादित तरिकाले होलीको खुशी व्यक्त गर्न सकौं भनेर त्यतिबेला लेखकको योजनामा दमौली एफएम ९४.२ ले शुभकामना आदानप्रदान कार्यक्रम थाल्यो ।


स्टुडियोका लाइभ उपकरण सडकमै ल्याएर गरिएको सम्भवतः त्यो पहिलो प्रत्यक्ष कार्यक्रम थियो । रेडियोका श्रोताले सुनेर अनि कार्यक्रमस्थलमा उपस्थितले प्रत्यक्ष कार्यक्रमको आनन्द लिन पाएका थिए । रंग दल्ने प्रतियोगिता, घैंटो फुटाइ अनि शुभकामना आदानप्रदान साथै बीच बीचमा गीत र नृत्य अनि दिनभर प्रत्यक्ष प्रसारण गर्नाले पहिलो वर्षको त्यस कार्यक्रमले निकै राम्रो प्रतिक्रिया पायो ।


रेडियो सुनेर बजार आसपासबाट समेत सहभागी आउँथे । त्यसअघि रेडियोहरुले फोनमा श्रोताको कल लिने कार्यक्रम गर्थे । एफएमले त्यसभन्दा एक वर्ष अघि सडकमा गएर रमाइलोको प्रत्यक्ष प्रशारण गर्ने कार्य थालिसकेकाले दोश्रो वर्षको कार्यक्रम थप परिस्कृत भयो । र, आगामी दिनमा सबै वर्गका लागि आकर्षित गर्ने गरी कार्यक्रम गर्ने र खासगरी होली पर्वलाई त्रास भन्दा पनि खुशीको माहोल बनाउने आत्मबल दियो ।

स साना टुक्रेभन्दा सञ्चारमाध्यमसँग मिलेर कार्यक्रम गर्दा कम खर्चमा प्रभावकारी कार्यक्रम गर्न सकिन्छ भन्ने कुरा पनि रेडियोले विश्वास दिलाएको थियो । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइले लामो समयसम्म त्यस कार्यक्रमलाई निरन्तरता दियो ।


पहिलो वर्ष रेडियो प्रांगणको सडकमा गरिएको कार्यक्रमको प्रतिक्रियापछि दोश्रो वर्ष अझ व्यवस्थित तरिकाले कार्यक्रम भयो । र, तेश्रो वर्ष सडकमै स्टेज तयार पारेर कन्सर्टकै शैलीमा कार्यक्रम हुन थाल्यो । पछिल्ला वर्षमा कार्यक्रम भव्य बनाउन तत्कालीन प्रायोजक र सहयात्रीहरुको साथले हौसला मिलेको थियो ।


स साना टुक्रेभन्दा सञ्चारमाध्यमसँग मिलेर कार्यक्रम गर्दा कम खर्चमा प्रभावकारी कार्यक्रम गर्न सकिन्छ भन्ने कुरा पनि रेडियोले विश्वास दिलाएको थियो । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइले लामो समयसम्म त्यस कार्यक्रमलाई निरन्तरता दियो । निकै करबलपछि पछिल्ला वर्षहरुमा व्यास नगरपालिकाले समेत कार्यक्रममा साथ दिन थाल्दा कार्यक्रमलाई बजारले नै अपनत्व ग्रहण गरेको महसुस हुन्थ्यो ।

त्यसैको बलमा दमौलीमा होली पर्व त्रास हैन खुशीयालीको पर्व बनाउन सकिन्छ भन्ने व्यवहारिक उदाहरण प्रस्तुत भयो ।

युवाबीच हुने झडपको प्रतिष्पर्धा अहिले कसले राम्रो र भव्य कार्यक्रम गर्ने भन्नेमा बदलिएको देख्दा भित्रैदेखि खुशी लाग्छ । दमौली गाउँले सहर मात्र होइन एक असल सहरको गुण यसले विकास गर्दैछ भन्ने कुराले दमौलीमै बस्नेहरुका लागि अरु थप आशाका किरणहरु पैदा गराएका छन्,


सडकमै कार्यक्रम, जोकोही सहभागी हुन सक्ने, घैंटो फुटाई पनि पुरुष र महिला दुवैलाई, रंग दल्ने प्रतियोगिता, दौडेर रंग दल्ने प्रतियोगिता अनि स्थानीय र राष्ट्रिय कलाकारसमेतको सहभागीतामा गरिने कन्सर्टले यस अघि नयाँ वर्ष र ठूला चाडमा मात्र हु्ने कन्सर्टभन्दा विविधितापूर्ण कार्यक्रम हुन थालेको थियो । हरेक वर्ष होली भव्य हुन थालेसँगै दमौली एफएमको ब्राण्डमा त्यसले ठूलो सहयोग गर्यो भने आर्थिक संकटमा गैसकेको संस्थालाई केही हदसम्म भरथेग पनि दिन थाल्यो ।


व्यवसायिक संस्थाहरुलाई पनि सञ्चारसंस्थासँग सहकार्य गर्दा कम खर्चमा ठूलो प्रभाव छाड्न सकिने सन्देश दिएकाले लेखक कार्यकारी प्रमुख रहँदासम्म कार्यक्रमले निरन्तरता पाएको थियो ।
दमौली एफएमले थालेको कार्यक्रमपछिका वर्षमा झडप र झैझगडामा कमी आउन थाल्यो भने एकै थलोमा युवा र प्रौढसमेतले मनोरञ्जन लिन सक्ने मञ्च पैदा हुँदा आफैंलाई दमौलीवासी हुनुका हिसाबले गौरव महसुस हुन्थयो भने एक सहयात्रीका हिसाबले आत्मसन्तुष्टि पनि ।


पछिल्ला वर्षहरुमा दमौलीमा होली पर्वमा एक हैन दुई तीनवटै ठूला कार्यक्रम र कन्सर्टसमेत हुन थालेका छन् । युवाबीच हुने झडपको प्रतिष्पर्धा अहिले कसले राम्रो र भव्य कार्यक्रम गर्ने भन्नेमा बदलिएको देख्दा भित्रैदेखि खुशी लाग्छ । दमौली गाउँले सहर मात्र होइन एक असल सहरको गुण यसले विकास गर्दैछ भन्ने कुराले दमौलीमै बस्नेहरुका लागि अरु थप आशाका किरणहरु पैदा गराएका छन्, फागूपूर्णिमा होलीको सबैमा शुभकामना !

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी