म्याग्देले माग्यो छुटेका भूमिहिनको निवेदन

  • ख-
  • ख+

म्याग्देः म्याग्दे गाउँपालिकाले छुटेका भूमिहिनको निवेदन माग गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीद्वारा प्रेषित सुचना अनुसार भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागत संकलन सम्बन्धि कार्यविधि २०७७ बमोजिम गाउँपालिका बाट गतवर्षमा फाराम भराइ निवेदन दर्ता निस्सा लिएका बाहेक अन्य छुटेका र बाँकी रहेका भुमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिन भनिएको छ ।

राष्ट्रिय भूमि आयोगले तोकेको ढाँचामा सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र गाउँपालिकाको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नको लागि प्रमुख प्रशासकीय अधिकृत अधिकारीले अनुरोध गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्