म्याग्देको छम्लिस्वाँरा कांग्रेस समितिमा सबै महिला

  • ख-
  • ख+

म्याग्देः नेपाली कांग्रेस म्याग्दे स्थित छिम्लिस्वाँरा टोल कार्यसमितिमा सबै महिला चयन भएका छन् । टोलको हालै सम्पन्न भेलाले गंगा आलेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिती चयन गरेको काङ्ग्रेस म्याग्दे गाउँपालिकाका सचिव गौरवराज रानाले बताए ।

समितिको उपसभापतिमा पार्वती राना आले ,सचिवमा टेकीमाया थापा राना ,कोषाध्यक्षमा सनिसरा राना र सह–सचिवमा विष्णुमाया राना रहेको सचिव रानाले बताए ।

यस्तै समितिको सदस्यहरूमा चन्द्रा आले, नरिसरा थापा ,कमाया आले, मधि राना, विष्णुमाया राना, चिजमाया राना ,गममाया थापा, मोतिसरा थापा, मधुमाया राना र कृष्ण थापा रहेका छन् ।

म्याग्दे गाउँपालिका वडा नँ ४ का सभापति सन्देश अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा महासमिती सदस्य माया राना, प्रदेश सभापति २ क का जितराज राना, जिल्ला सदस्य बद्रिका भट्टराई , क्षेत्रिय सदस्य कुमारी राना, वडा अध्यक्ष प्रेमबहादुर थापा, प्रदेश सल्हाकार समिती सदस्य सचिव गौरवराज राना र गाउँपालिका सदस्य खड्क ब.आले लगायतको उपस्थिति रहेको थियो ।


वक्ताहरूले महिलाहरू मात्रै मिलि टोल समिति गठन हुनु अत्यन्तै सकारात्मक काम भएको भन्दै उच्च मनोवलका साथ पार्टीको काम गर्न सुझाएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्