
दमौलीः प्रधानमन्त्री शेरबहादुर देउवाले ऋषिङ गाउँपालिकाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्ने भएका छन् ।
*पोखरीभञ्ज्याङमा निर्मित भवनको उद्घाटनका लागि प्रधानमन्त्री देउवा तनहुँ आउन लागेको उनको सचिवालयले जनाएको छ । आगामी चैत्र १० गते उद्घाटन कार्यक्रम तय गरिएको छ ।
प्रधानमन्त्रीले सोही दिन दमौलीमा शुरु हुने आठौं तनहुँ महोत्सवको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवको आयोजक तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
*पोखरीभञ्ज्याङ हुनुपर्नेमा यस अघि अन्यथा भएकाले सच्याइएको छ ।
सम्पादक