तनहुँ दुग्ध व्यवसायी संघको अध्यक्षमा कालिका, सचिवमा रमेश चयन

  • ख-
  • ख+

दमौलीः तनहुँ दुग्ध व्यवसायी संघको अध्यक्षमा व्यवसायी कालिका पौडेल चयन भएका छन् । दमौलीमा सोमबार सम्पन्न भेलाबाट पौडेलको अध्यक्षतामा सर्वसम्मत कार्य समिति चयन गरिएको हो ।

भेलाबाट उपाध्यक्षमा राजेन्द्रध्वज अधिकारी, सचिवमा रमेशप्रसाद आचार्य, सहसचिवमा युवराज ढकाल, कोषाध्यक्षमा सन्तोष पौडेल तथा सहकोषाध्यक्षमा मधु पन्त चयन भएका छन् ।

सदस्यहरुमा ईश्वर खनाल, अशोक तिमिल्सिना, भगवती जिसि, पन्नाराजु अधिकारी, रमेश तिमिल्सिना, भानुभक्त सोती, लक्ष्मण पाण्डे र मनु नेपाली चयन भएका छन् ।

जिल्लाभर छरिएर रहेका दुग्ध व्यवसायी एकीकृत गर्दै लाने उद्देश्यले संस्था गठन गरेको नवनिर्वाचित सचिव आचार्यले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्