सूर्य नेपालले दियो शुक्लागण्डकीलाई साढे १० लाखको एम्बुलेन्स

  • ख-
  • ख+

दुलेगौंडाः सूर्य टोबाको कम्पनीले शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
कम्पनीले नगरपालिकामा एक कार्यक्रम गर्दै नगरपालिकालाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेको हो ।

कम्पनीका प्रवन्धक बाबुराम कार्कीले नगरपालिकाका प्रमुख किसान गुरुङलाई एक कार्यक्रमका बीच साँचो हस्तान्तरण गरे ।

नगरपालिकाका तर्फबाट सार्वजनिक सेवाका लागि उपलब्ध गराइएको एम्बुलेन्सको मूल्य साढे १० लाख परेको बताइएको छ ।

कार्कीले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरेको भन्दै यसले बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नगर प्रमुख गुरुङले खैरेनीटार स्वास्थ्य चौकीमा सञ्चालनमा ल्याउन लागेको अस्थायी कोभिड अस्पतालमा एम्बुलेन्स प्रयोग गरिने भन्दै सहयोगले नगरपालिकाका बिरामीको उपचारमा लाभ पुग्ने बताए ।

हस्तान्तरण कार्यक्रममा उप प्रमुख सबिता रसाईली, प्रवक्ता खिम कुमाललगायत जनप्रतिनिधि तथा कर्मचारी उपस्थित थिए ।
कम्पनीको शुक्लागण्डकी नगरपालिका ७ शेराटार चुरोट कारखाना छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी