सहिदको गाउँ चिनाउन व्यास अल्ट्रा म्याराथनको योगदान : मुख्यमन्त्री पोख्रेल (भिडियोसहित)

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले व्यास नगरपालिकाले ऐतिहासिक दुई स्थललाई जोड्ने गरी आयोजना गरेको म्याराथन प्रतियोगिता अत्यन्तै महत्त्वपूर्ण भएको बताएका छन् ।

यो कार्य व्यास नगरपालिकाको दुरदर्शी कार्य हो भन्दै पोख्रेलले सरदार यदुनाथ खनाल जन्मिएको मानुङकोट र सहिदग्राम पुलिमराङ लाई खेलकुदका माध्यमबाट विश्व माझ परिचित गराउन म्याराथनले महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।

व्यास नगरपालिकाद्वारा शनिबार आयोजित व्यास नगरपालिका–५ मानुङकोटदेखि व्यास–८ पुलिमराङसम्मको ४४ किलोमिटर दूरीको प्रतियोगिता उद्घाटनका क्रममा पोख्रेलले सो कुरा बताएका हुन् ।

व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाले खेलकूदकै लागि २२ लाख बजेट विनियोजन गरेको जानकारी दिए । पर्यटनको प्रचूर संम्भावना रहेकोले पर्यटन क्षेत्रलाई प्राथामिकतामा राखेर बजेट बिनियोजन गरिएको न्यौपानेको भनाइ थियो ।

आन्तरिक मामिला मन्त्री डोवाटे विकसमेत उपस्थित कार्यक्रममा व्यास नगर उपप्रमुख मीरा जोशी,प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल,व्यास–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ लगायतका वक्ताहरुले मन्तब्य राखेका थिए ।

प्रतियोगितामा प्रथम , द्वितिय , तृतीय हुनेलाई क्रमश .८५ हजार ७८, ६५ हजार ७८ , ५५ हजार ७८ रहेको छ । यस्तै सान्त्वना पुरस्कार पाँच जनालाई जनहि १६ हजार ७८ का दरले प्रदान गरिने नगरपालिकाले जनाएको छ । म्याराथनमा १७३ जना धावक सहभागिता छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी