कांग्रेस तनहुँले शाखा प्रमुख तोक्यो

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस तनहुँले विभिन्न शाखाका प्रमुख तोकेको छ ।

बिहिबार बसेको पार्टी सभापति जीतप्रकाश आले सभापतित्वको बैठकले महिला शाखा प्रमुखमा मीरा जोशी, अभिलेख शाखा प्रमुखमा हरि वाग्ले, भुपु सैनिक शाखा प्रमुखमा रामबहादुर अधिकारी, कार्यालय व्यवस्थापन एवं कार्यक्रम तथा समन्वय शाखा प्रमुखमा हुतमणी अधिकारीलाई जिम्मेवारी दिएको छ ।

यसैगरी, कृषि तथा सहकारी शाखा प्रमुखमा सूर्यभक्त भण्डारी, वन वातावरण तथा विपत शाखा प्रमुखमा दलबहादुर दुरा, लेखा विभाग शाखा प्रमुखमा तिलबहादुर थापा तथा स्वास्थ्य तथा शिक्षा शाखा प्रमुखमा अम्बिका घिमिरेलाई जिम्मेवारी दिएको छ ।

बैठकको निर्णय बमोजिम अनिवार्य मासिक बैठकको रुपमा हरेक महिनाको ४ गते सम्ममा टोल तथा वडाको बैठक सम्पन्न गर्ने, ६ गते सम्ममा नगरको बैठक सम्पन्न गने ८ गते सम्ममा प्रदेश क्षेत्रको बैठक सम्पन्न गर्ने, १० गते सम्ममा संघीय क्षेत्र कार्यसमिति बैठक सम्पन्न गर्ने र १२ गते जिल्ला कार्यसमितिको बैठक गर्ने निर्णय पनि भएको पार्टी सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।


यसैगरी, जिल्लाका ८५ वटै वडामा जिल्लाको पार्टी सुदृढीकरणका लागि अनुगमन प्रतिनिधि पठाउने निर्णय पनि बैठकले गरेको छ ।
यसैगरी, पार्टी पदाधिकारी सहित ३३ सदस्यीय कार्य सम्पादन समिति समेत बैठकले गठन गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी