कोरोना अपडेटः तनहुँमा सक्रिय संक्रमित ९२

  • ख-
  • ख+

दमौलीः तनहुँमा अहिले ९२ जनामा सक्रिय संक्रमण देखिएको छ । गण्डकी प्रदेस स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म संक्रमित ४ सय ३३ मध्ये ३ सय ३६ निको भएर घर फर्केका छन् ।
तनहुँमा संक्रमणका कारण ५ जनाको ज्यान गएको निर्देशनालयको तथ्यांकमा छ ।

३० जना होम आइसोलेसनमा
सरकारले पछिल्लो समय घरमा व्यवस्थापन गर्न सक्नेका लागि होम आइसोलेसनमै बस्ने सुविधा दिएको छ । यसले गर्दा घरमै बसेर स्वास्थ्य लाभ लिनेको संख्या पनि बढिरहेको छ । हाल जिल्लाभर ३० जनाले यस्तो सुविधा लिइरहेका छन् ।

देवघाटका ७ तथा भानु नगरपालिकाका ८ जना हाल होम आइसोलेसनमा बसिरहेका छन् । जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रको आइसोलेसनमा बसेका १५ जना फर्किएर होम

आइसोलेसनमै बसेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।
तर व्याससहित अन्य केही तहका अन्य संक्रमित पनि होम आइसोलेसनमा बसेको भनिए पनि स्वास्थ्यको तथ्यांकमा उनीहरुको विवरण छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी