आठौं तनहुँ महोत्सव चैत्र १० देखि २० सम्म

  • ख-
  • ख+

दमौलीः तनहुँ उद्योग वाणिज्य संघले यस अघि स्थगित आठौं तनहुँ महोत्सव आगामी चैत्र १० देखि २० गतेसम्म दमौलीमा आयोजना गर्ने निर्णय गरेको छ ।


संघका महासचिव सुबोध अधिकारीका अनुसार यस अघि पुष २२ गतेबाट तय गरिएको महोत्सव कोभिड संकटका कारण स्थगित गरिए पछि नयाँ मिति तोकिएको हो ।


संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको कार्य समिति बैठकले अब तयारी तीव्र गतिमा अघि बढाउने निर्णय गरेको अधिकारीले बताए ।


बैठकले आइतबार भएको आगलागीका कारण क्षति पुगेको भूपाल हार्डवयर्स तथा ज्योति जनरल सप्लायर्सको क्षतिको उचित मूल्यांकन गर्दै क्षतिपूर्तिका लागि सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्