हेलिकोप्टर, ४ दमकल र १२ ट्यांकरको सहायताले निभ्यो आगो

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयले अथक प्रयासपछि दमौलीको आगलागी नियन्त्रणमा आएको बताएको छ ।


बिहान करिब १० बजे भूपाल हार्डवयर्सको गोदाममा लागेको आगो सल्किएपछि नियन्त्रणबाहिर गएको थियो । त्यसक्रममा ज्योति ब्रदर्समा समेत क्षति पुगेको छ ।

मानवीय क्षति नभए पनि आगो सल्कँदै जान थाले पछि व्यास नगरपालिकासहित पोखराबाट दुई तथा लमजुङबाट समेत दमकल बोलाइएको मन्त्रीका स्वकीय सचिव देव रसाइलीले बताए ।

उनले घटना सुन्नासाथ मन्त्रालयको विपद् नियन्त्रण शाखाका प्रमुख यमप्रसाद सुुवेदी तथा सचिव बद्रीनाथ अधिकारीलगायतले आवश्यक पत्राचार गरेको बताए ।

दकमलले पनि आगो नियन्त्रणमा नआए पछि हेलिकोप्टर मगाइएको उनले बताए । सिम्रिक एयरको हेलिकोप्टरमा श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ सवार थिए ।

आगलागी नियन्त्रणका गतिविधिको गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विक पनि घटनास्थलमा आएका थिए ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र, नगर प्रहरीलगायतका निकाय आगलागी नियन्त्रणमा सक्रिय बनेका थिए ।

समय लागे पनि आगो नियन्त्रणमा आएकाले थप क्षति भने हुन नपाएको मन्त्री विकले बताए । उनले प्रदेशमा विपद्का घटनाका बेला उद्दारका लागि मन्त्रालय तत्पर रहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्