दमौली आगलागी अपडेटः आगो निभाउन हेलिकोप्टर लिएर मन्त्री श्रेष्ठ दमौली

  • ख-
  • ख+

दमौलीः व्यास २ स्थित मुख्य राजमार्गमा लागेको आगो निभ्न नसकेपछि काठमाडौंबाट सिम्रिक एयरको हेलिकोप्टर त्यसतर्फ उडेको छ ।

श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठले गृह मन्त्रालयको समन्वयमा हेलिकोप्टर लिएर घटनास्थल पुगेको उनका स्वकीय सचिव जगत खड्काले दमौली न्यूजलाई बताए ।

मादी नदीबाट पानी ओसारेर निभाउने गरी हेलिकोप्टरले काम गर्ने उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी