दमौली आगलागीः आगो झनै फैलँदै, जोखिम बढ्दो

  • ख-
  • ख+

विकास खनाल/ देव गजमेर

दमौलीः व्यास २ स्थित भूपाल हार्डवेयरको गोदाममा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । त्यसक्रममा ज्योति ब्रदर्समा समेत क्षति पुगेको छ ।

बिहान करिब १० बजेतिर लागेको आगो निभाउन दमकलले पानी फालिरहे पनि नियन्त्रणमा आउन सकेको छैन । आगो झनै फैलने क्रममा रहेको देखिएको छ ।

आगो फैलने क्रम चलिरहेकाले अरु थप बस्ती समेत जोखिममा परेको छ । हेलिकोप्टरमार्फत आगो निभाउने प्रयास गरिने भनिए पनि अहिलेसम्म आउन नसक्दा जोखिम झनै बढेको छ । दमौली मुख्य चोकमै आगलागी हुँदा मानिस जम्मा भएकाले आगो नियन्त्रणमा समेत कठिनाइ भएको छ ।

अहिले व्यास नगरपालिकाका सहित दुई दमकलले आगो निभाउन निरन्तर प्रयास गरिरहे पनि निभ्न सकेको छैन । बरु नजिकै भएका घरहरु र गोदामको सामानका कारण आगो फैलिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्