
चितवनः नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्वाचित भएका छन् ।
दोश्रो चरणमा पुगेको निर्वाचनमा अर्का प्रत्यासीले साथ दिए पछि खनाल सर्वसम्मत सभापति निर्वाचित भएको कांग्रेस चितवनले जनाएको छ ।
पहिलो चरणमा पाँच आकांक्षीमध्ये सर्वाधिक मत पाएका उनी दोश्रो चरणमा मिलनबाबु श्रेष्ठसँग प्रतिष्पर्धा गर्नुपर्ने थियो ।
पहिलो चरणमा खनालले ७४६ र श्रेष्ठले ६६२ मत ल्याएका थिए ।
खनाल सेखर कोइराला र श्रेष्ठ सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।
खनालको जन्मथलो तनहुँ हाल भानु नगरपालिका पर्दछ । उनी तनहुँमै जन्मिएर हाल चितवनमा प्राध्यापन तथा राजनीतिमा सक्रिय थिए ।