
घिरिङ: नेपाल रेडक्रस सोसाइटी भगवतीपुर उपशाखा घिरिङको सभापतिमा मीनबहादुर कार्की सर्वसम्मत निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न प्रथम अधिवेशनबाट उपसभापतिमा लालकुमारी कुमाल, सचिवमा मानबहादुर थापा तथा कोषाध्यक्ष होमबहादुर थापा सर्वसम्मत भएका छन् ।
अधिवेशनबाट उपसचिवमा मनविर थापा र उपकोषाध्यक्षमा गोविन्द श्रेष्ठ निर्वाचित भएका छन् ।
अधिवेशनले सदस्यहरुमा हिमाया थापा, सुमन थापा, चन्द्रबहादुर थापा, प्रेमबहादुर थापा, सहवीर थापालाई सर्वसम्मत निर्वाचित गरेको छ ।
कार्यक्रममा वडा अध्यक्ष प्रेमबहादुर थापा, जिल्ला शाखाका सदस्य रामदत्त पौडेल, सुमन थापा, विष्णुवीर थापालगायतले बोलेका थिए । बैठकले उपशाखाको तर्फबाट मीनबहादुर कार्की, लालकुमारी कुमाल, सुमन थापा, याम वहादुर थापा तथा चन्द्रबहादुर थापालाई जिल्ला सभासद मनोनित गरेको छ ।
अधिवेशनबाट निर्वाचितलाई प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाका उपसभापति ऋषिराम पोखरेलले बधाई दिंदै सफल कार्यकालको शुभकामना दिए । उनले रेडक्रस अभियानअन्र्तगत तनहुँमा भएका विकास गतिविधिले आम नागरिकलाई सहजता प्रदान गरेको भन्दै नवानिर्वाचित कार्य समितिले अभियान सफल पान महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
तनहुँ जिल्लाकै सबैभन्दा कान्छो रुपमा गठित उपशाखामा ६७ जना आवद्ध रहेको निवर्तमान सभापति याम बहादुर थापाले जानकारी दिए ।