
विकास खनाल
दुलेगौंडा: तनहुँकाे शुक्लागण्डकी नगरपालिका वडा नं ९ निवासी घनश्याम सिग्देललाई कुटपिट गर्ने दुर्गाबहादुर परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्सी चालक रहेका ६० वर्षिय सिग्देललाई व्यास नगरपालिका वडा नँ १० बस्ने ३० वर्षिय दुर्गाबहादुर परियारले कुटपिट गरि नगद र माेबाइल लुटेर लगेका थिए ।
सिग्देलले चलाउने ग १ ज ३६६५ नम्बरको ट्याक्सी रिजर्भ गरि लगेका परियारले भानु नगरपालिका १२ स्थित ओख्लेखेतकाे एकान्त स्थानमा लगि कुटपिट गरि नगद र माेवाईल लुटेर भागेका थिए ।
केही दिनदेखि फरार परियारलाई तनहुँ प्रहरीले पाेखराकाे जानकि हाेटलमा लुकिछिपि बसेकाे अवस्थामा पक्राउ गरेको र ट्याक्सी बेवारिसे अवस्थामा भानुबाट फेला परेको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले बताए ।
पक्राउ परेका परियारलाई ज्यान मार्ने उद्योग तथा डाका चाेरी मुद्दामा म्याद थप गरि अनसन्धान गरिरहेको डिएसपी खड्काले बताए ।