तीन दिनदेखि हराएका थिए मृत भेटिएका वडाध्यक्ष

  • ख-
  • ख+

देवघाट: वडाबाट घर जाने क्रममा वेपत्ता देवघाट ३ का वडाध्यक्ष कीर्तिमान आले हराएको तीन दिन पछि मृत भेटिएका छन् ।


बिहीबार वडाको काम सकेर घर लागेका उनी नआएपछि भोलिपल्ट बाट आफन्तले खोजी गरेका थिए । यस क्रममा आईतबार साँझ मात्र उनको शव घर नजिकैको गोन्द्राङ् भीरमा भेटिएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर थापाले बताए ।

प्रहरी उपरीक्षक राजेन्द्र रेग्मीले दुई सय मिटर भीरबाट मृत अवस्थामा शव ल्याएको बताए ।

आलेले मादक पदार्थ सेवन गरेको आशंका गरिए पनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शवको दमौली अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी